समाचार
योजना भुक्तानी तथा फरफारक गर्दा चाहिने कागजातहरू के के हुन्?
योजना भुक्तानी तथा फरफारक गर्दा चाहिने कागजातहरू :
- भुक्तानी माग निवेदन
- सम्बन्धित वडाको सिफारिस
- कार्य सम्पन्न प्राविधिक मुल्याङ्कन
- नगरपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन
- प्रमाणित बिल भरपाईहरु
- बीस हजार भन्दा माथिको सामाग्री खरिद भए अनिवार्य रुपमा भ्याट बिल
- सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई प्रतिवेदन
- योजना शुरु हुनु पुर्व सञ्चालन हुदैँ गर्दा र सम्पन्न भै सकेपछिको (३ चरणको) केही तस्वीरहरु
- उपभोक्ता समितिले आय व्ययको सम्बन्धमा गरेको निर्णय प्रतिलिपि
- पाँच लाख भन्दा माथिको योजनाको हकमा अनिवार्य रुपमा होडिङबोर्ड राखिएको फोटोहरु
- मेसिनरी उपकरणबाट काम गरेको भए सो को अनिवार्य रुपमा भ्याट विल