Introduction of Halesi Mahadev Temple

Halesi is one of the ancient and holiest places of Nepal. It is equally popular among Hindu, Buddhist and Kiratee, called as Tri-religious. Situation in eastern part of Nepal, Halesi Mahadev is religious as well as touristic place. Natural and huge cave is main attraction of Halesi Mahadev. The cave is associated with guru Rinpoche in Buddhism and Lord Shiva to Hinduism. There are several occasion big ceremony goes in temple. Behind the temple, there is a huge natural cave which is capacity of thousands of monks for meditation.

हलेसी तुवाचुङ नगरपालिकाकाे स‍ंक्षिप्त परिचय

हलेसी तुवाचङ नगरपालिका जिल्ला सदरमुकामबाट पश्चिमी भेगमा करीव ४० किमिको दुरीमा अवस्थित रहेको छ । हलेसी माहादेवस्थानको नामले प्रख्यात यो नगरपालिकाको केन्द्र हलेसी माहादेवस्थानको मन्दिरबाट पश्चिमपटि ५ किलो मिटरको दुरीमा रहेका दुर्छिममा पर्दछ । साविकका ११ वटा गाविसहरु मिलेर ११ वटा वडामा फैलिएको यो नगरपालिकाको क्षेत्रफल २८०.१७ बर्ग किलो मिटर रहेको छ भने यस नगरपालिकाको पश्चिममा दुधकोशी नदिले ओखलढुंगा जिल्लालाई छुटयाएको छ भने दक्षिणमा सुनकोशी नदिले उदयपुर जिल्लालाई छुटयाएको छ त्यसैगरी दक्षिण पुर्वि भेगमा दिपु्रङ गाउंपालिका र पुर्वि भागमा रुपाकोट मुझुवागडी नगरपालिका पर्दछ भने उत्तरी भेगमा लामीडांडा गाउंपालिका पर्दछ । प्राय राई जातिहरुको बाहुल्यता रहेको यस नगरपालिकाको २०६८ को जनगणना अनुसार जनसंख्या २९५३२ रहेको छ । जिल्लाकै सुखा क्षेत्रको रुपमा रहेको यस जिल्लामा ज्यादै कम पानी पर्ने भएको कारण प्राय सवै गाविसहरु सुखा ग्रस्त क्षेत्रमा पर्दछन, पानी कम पर्ने र पानीका मुहान समेत नभएको कारण यस नगरपालिकाका मानिसहरुको मुख्य समस्या खानेपानीको रहेको कारण घण्टौ समय खानेपानीकोलागी खर्च हुने गरेको छ भने मौसमी बाहेक करेसा बारीमा घरायसी तरकारी उत्पादन गर्न समेत सकिएको देखिदैन ।